दमाैली । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको सहइन्चार्जमा तनहुँका प्रकाशचन्द्र भट्टराई चयन भएका छन् । काठमाडौमा सम्पन्न चौतारीको महाधिवेशनपछिको पहिलो बैठकले केन्द्रीय सदस्य भट्टराईलाई सहइन्चार्जको जिम्मेवारी दिएको हो ।
पोखरामा सम्पन्न महाधिवेशनबाट भट्टराई खुल्लातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी यसअघि गण्डकी प्रदेश कमिटीको सचिव थिए ।