भानु । भानु नगरपालिका-१२ का वडाध्यक्ष विमल गुरुङले मेरुदण्ड भॉचिएका भिमलाल गुरुङलाई आर्थिक सहयोग गरेका छन् । रुखबाट लडेर मेरुदण्ड भॉचिएका गुरुङको उपचारमा सहयोग पुर्याउन वडाध्यक्षले ३० हजार सहयोग गरेका हुन् ।
३५ वर्षीय गुरुङको रुखबाट लडेर ढाडको मेरुदण्ड भॉचिएपछि काठमाडौ शिक्षण अस्पतालमा उपचाररत छन् । आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा सहयोग पुगोस् भनेर सहयोग गरेको वडाध्यक्ष गुरुङले बताए ।