दमौली । व्यास नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका उद्यमशील युवालाई अनुदान दिने भएको छ। युवाहरुलाई स्वरोजगार बनाउने उद्धेश्य सहित नगरपालिकाले अनुदान दिन लागेको हो ।
विदेशमा सिकेका सीपलाई स्वदेशमै उपयोग गरी व्यवसायी बन्न प्रोत्साहन गर्नका लागि अनुदान दिन लागिएको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कृषि, पशुपंक्षीपालन, घरेलु उद्योग गरिरहेका युवालाई अनुदान दिइनेछ । नगरपालिकाले नीति तथा कार्यक्रममा नै यसलाई समेटेको छ ।
अनुदान लिनका लागि सम्बन्धित वडा कार्यालयमा निवेदन दिन नगरपालिकाले आग्रह गरेको छ।