राप्रपा अध्यक्ष लिङ्देन भन्छन्: ठूला दलबाट विकासको अपेक्षा गर्नु गोरुको टाङमुनि बाल्टी थाप्नु जस्तै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राप्रपा अध्यक्ष लिङ्देन भन्छन्: ठूला दलबाट विकासको अपेक्षा गर्नु गोरुको टाङमुनि बाल्टी थाप्नु जस्तै

    खबरपुञ्ज संवाददाता

    १६ चैत्र २०७८, बिहीबार

    दमौली । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका ठूला दलबाट विकासको अपेक्षा गर्नु गोरुको टाङमुनि बाल्टी थाप्नु सरह भएको आरोप लगाएका छन् ।

    राप्रपा तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले अहिलेका दलले विकास गर्ने र गोरुले दूध दिने कुरा उस्तै भएको बताए ।

    ‘गोरुले दूध दिन्न भन्ने सबैलाई थाहा छ, बाल्टी थापेर दूध आउँछ र ?’ उनले भने, ‘अहिलेका दलबाट विकास हुन्छ भन्नु पनि उही हो ।’ उनले कांग्रेस, एमाले र माओवादी एउटै भएको टिप्पणी गरे । नाम मात्रै फरक रहेको उल्लेख गर्दै उनले ती पार्टी एकै पाटाका दुई सिक्का भएको जिकिर गरे ।

    अहिलेका पार्टी र नेतृत्वसँग जनता निराश रहेको बताउँदै उनले भोट हाल्ने बेला तिनीहरुलाई नै छान्ने गरेको उनको भनाई थियो । ‘बाउको पार्टी, पहिल्यैदेखि भोट हालेको पार्टी भनेर भोट अन्त हाल्न नसक्ने, अनि कसरी देश परिवर्तन हुन्छ,’ उनले प्रतिप्रश्न गरे ।

    राप्रपाका उपाध्यक्ष हेमजंग गुरुङले गणतन्त्र र धर्मनिरपेक्षता नेपालको माटो सुहाउँदो नभएको आरोप लगाए । राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपालमा संवैधानिक राजतन्त्र आवश्यक रहेको बताए।

    कार्यक्रम राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो ।