माओवादी शुक्लागण्डकीले बनायो वार्ता टोली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    माओवादी शुक्लागण्डकीले बनायो वार्ता टोली

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०७८, शनिबार

    दुलेगौँडा । नेकपा माओवादी केन्द्रले शुक्लागण्डकीमा वार्ता टोली गठन गरेको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नलाई मुक्ति सिग्देललको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरिएको हो ।

    वार्ता टोलीको सदस्यमा खुमबहादुर विक (राजु), दिनेश गौतम (विश्वजित), सर्वदा खनाल र मनराज गुरुङ रहेका छन् । गठबन्धनमा भागबन्डाको महत्वपुर्ण निर्णय गर्ने शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मनराज गुरुङले बताए ।

    उनले कांग्रेससँग गठबन्धनका लागि मेयरमा दाबी गर्ने नदिए अन्य दलसँग पनि मिल्न सक्ने उल्लेख गरे । गत स्थानीय तहमा शुक्लागण्डकी नगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसले गठबन्धन गरेर निर्वाचन लडेका थिए । मेयर कांग्रेसले र उपमेयर माओवादीले पाएका थिए । मेयर विजयी भए भने उपमेयर पराजित भइन् । तसर्थ यसपाली माओवादीले कांग्रेससँग तालमेल भए मेयरमा दाबी गर्ने जनाएको छ ।

    शनिबार बसेको नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीको दोस्रो पुर्ण बैठकले खुमबहादुर विक (राजु) को संयोजकत्वमा एक हजार २२५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । यस्तै २५ चैतभित्र उम्मेद्वारको रोस्टर तयार गर्ने निर्णय भएको नगर कमिटी अध्यक्ष गुरुङले बताए । उनका अनुसार निर्वाचन घोषणा पत्र तयारी समिति पनि बनाईएको छ । ३ वैशाखमा बृहत राजनैतिक प्रशिक्षण कार्यक्रम गर्ने समेत निर्णय भएको छ ।