‘शिविरले नियमित योग गर्नुपर्छ भन्ने प्रेरणा दियो’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    ‘शिविरले नियमित योग गर्नुपर्छ भन्ने प्रेरणा दियो’

    खबरपुञ्ज संवाददाता

    १९ चैत्र २०७८, आईतवार

    दमौली । व्यास नगरपालिकाको आयोजना र पतञ्जली योग समितिको व्यवस्थापनमा चापाघाटमा सञ्चालित योग शिविर सम्पन्न भएको छ। चैत १६ गतेदेखि सुरु शिविर आइतबार सम्पन्न भएको हो।

    शिविरमा दैनिक तीन सय भन्दा बढीको सहभागिता रहेको व्यास-५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । शिविर सञ्चालन भएपछि नियमित रुपमा योग गर्नुपर्छ भन्ने चेतना जागृत भएको उनले बताए । ‘योग भनेको मानिसको जीवनमा सधैं आवश्यक छ भन्ने प्रेरणा शिविरले दिएको छ,’ उनले भने, ‘योगको महत्व प्रचारप्रसारका लागि पनि शिविर सार्थक भयो ।’

    शिविरको समापन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले योगले मानिसलाई स्वस्थ राख्ने भएकाले नियमित योग गर्नुपर्ने बताए । शिविरको अन्तिम दिन जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायतको सहभागिता थियो ।

    शिविरमा योगका विभिन्न तरिकाबारे पतञ्जलीका योग गुरुले सिकाएका थिए ।