शेखर काेइराला भन्छन् : गठबन्धन गर्ने अधिकार जिल्लामा नै नीहित छ (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शेखर काेइराला भन्छन् : गठबन्धन गर्ने अधिकार जिल्लामा नै नीहित छ (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    १९ चैत्र २०७८, आईतवार

    दमाैली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने अधिकार जिल्लामा नै नीहित रहेको बताएका छन् । नेपाली काङ्ग्रेस तनहुँले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले स्थानीय आवश्यकता र औचित्यताका आधारमा गठबन्धन गर्ने अधिकार दिइएको बताए ।

    गठबन्धन गर्ने नाममा केन्द्रबाट हस्तक्षेप नगरिने बताउँदै उनले भने “कहाँ कहाँ गठबन्धन गर्ने त्यो निर्णय जिल्लाले गर्छ । त्यो अधिकार केन्द्रमा राखिएको छैन, यो सही निर्णय भएको छ ।” डा. कोइरालाले धेरैजसो जिल्लामा काङ्ग्रेस एक्लै निर्वाचन लड्नुपर्छ भन्ने भावना आफूले पाएको उल्लेख गरे । तनहुँमा पनि केही ठाउँमा पुग्दा काङ्ग्रेस एक्लै निर्वाचनमा जानुपर्ने कार्यकर्ताको भावना रहेको भन्दै उनले भने, “जहाँ आवश्यक हुन्छ त्यहाँ गठबन्धन गरौं ।”

    कोइरालाले विधान अनुुसार गाउँपालिकाको अध्यक्ष उपाध्यक्षको उम्मेदवार छनौट गर्ने अधिकार जिल्लामा भएकाले सोही अनुसार अधिकार प्रयोग गर्न आग्रह गरे । “सबै नामावली केन्द्रमा पठाउने होइन, विधान अनुसार चल्नुपर्छ,” उनले भने ।

    कार्यक्रममा केन्द्रीय सदस्य मधु आचार्यले जित्ने ठाउँमा तालमेल गर्न आवश्यक नरहेको बताउँदै काङ्ग्रेस कमजोर भएको ठाउँमा मात्रै तालमेल गर्नुपर्ने बताए । नुवाकोटका पूर्व सभापति जगदीश नरसिं केसीले काङ्ग्रेसले काङ्ग्रेस उम्मेदवारलाई मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए । महासमिति सदस्य देवराज चालिसेले शक्तिको राजनीतिले काङ्ग्रेसलाई कमजोर बनाएको उल्लेख गरे ।

    जिल्ला सभापति जितप्रकाश आलेले पार्टीको आन्तरिक विग्रहका कारण काङ्ग्रेस कमजोर हुँदै गएकाले एकढिक्का भएर निर्वाचनमा जानुपर्नेमा जोड दिए ।