अनेमसङ्घ तनहुँको अध्यक्षमा विष्णुमाया ढकाल चयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अनेमसङ्घ तनहुँको अध्यक्षमा विष्णुमाया ढकाल चयन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । अखिल नेपाल महिला सङ्घ तनहुँको अध्यक्षमा विष्णुमाया ढकाल चयन भएकी छन् । सङ्घको आइतबार सम्पन्न आठौ जिल्ला अधिवेशनले ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

    अधिवेशनबाट सङ्घको उपाध्यक्षमा लक्ष्मी सिग्देल, विन्दु वाग्ले, सचिवमा सीता पाण्डे, कोषाध्यक्षमा नारायणी गैह्रे र उपसचिवमा पूर्णिमा थापा चयन भएका छन् ।

    अधिवेशनले चार नगरपालिकाबाट १०÷१०, म्याग्दे, घिरिङ र बन्दीपुरबाट ५÷५ र आँबुखैरेनी, देवघाट र ऋषिङबाट ३÷३ सदस्य छनौट गरेको नेकपा एमाले तनहुँकी नेतृ बसुन्धरा घर्तीले जानकारी दिइन् ।

    अधिवेशनको नेकपा एमालेका स्थायी कमिटी सदस्य सीता पौडेलले उद्घाटन गरेकी थिइन् ।