दुलेगौँडा । आगामी स्थानीय तहको निर्वाचनमा शुक्लागण्डकी नगरपालिकाको मेयर हुनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तीन जनाले दाबी गरेका छन् ।
मेयर पदमा राप्रपा शुक्लागण्डकी नगर कमिटी अध्यक्ष याम बराल, नगर सदस्य मनोज घिमिरे र बिष्णु थापाले दाबी गरेको जिल्ला सदस्य दुर्गाप्रसाद काेइरालाले जानकारी दिए । उपमेयर पदमा राप्रपा शुक्लागण्डकीको सहसचिव कला राईलाई सर्वसम्मत चयन गरिएको छ ।