दमौली । रोटर्याक्ट क्लव अफ दमौलीले कन्सर्टको टिक विक्रीबाट उठेको रकमबाट एक विद्यालयका बालबालिकालाई सहयोग गरेको छ । आठौँ तनहुँ महोत्सवको अवसरमा आयोजित दुई वटा कन्सर्ट कार्यक्रममा क्लबको तर्फबाट विक्री गरिएको टिकट शुल्कबाट उठेको केही रकम विद्यालयका बालबालिकालाई पोशाक सहित शैक्षिक सामग्री सहयोग गरिएको हो ।
व्यास–११ स्थित चण्डिका आधारभूत विद्यालयमा अध्ययनरत् ७० जना दलित, सीमान्तकृत र विपन्न परिवारका बालबालिकालाई झोला, सर्ट पाइट, जुत्ता, मोझा लगायतका विद्यालय पोशाक र कपि कलम लगायतका शैक्षिक सामग्री सहयोग गरिएको कार्यक्रम संयोजक एवम् क्लबका इलेक्ट प्रेसिडेन्ट विशाल श्रेष्ठले जानकारी दिए ।
उक्त टिकेट विक्रिबाट क्लबले पाएको ३५ हजार मुल्य बराबरको सामग्री विद्यार्थीलाई सहयोग गरिएको उनले जानकारी दिए । “टिकेट विक्रिवाट हाम्रो क्लबले पाएको रकमको सदुपयोग गर्दै विद्यार्थीहरुकै आवश्यकता र माग अनुसार शैक्षिक सामग्री वितरण गरेका हौं” उनले भने ।
सोही क्रममा विद्यालयका प्रअ सुरेन्द्र अधिकारीले प्राप्त सहयोग प्रति आभार व्यक्त गर्दै रोट्र¥याक्ट क्लबले उत्कृष्ट सामाजिक काम गर्दै आएको बताए । साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर खड्काले जिल्लामा सामाजिक काम गर्ने धेरै संघसंस्था भएपनि हालसम्म कुनै पनि संस्थाबाट सहयोग प्राप्त नभएको बताए । विद्यालयमा पढ्ने प्राय ः बालबालिकाको आर्थिक स्थिती कमजोर भएकाले धेरै समस्या भोग्दै आएको चर्चा गर्दै उनले क्लबको सहयोगले बालबालिकाको पठनपाठनको ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
क्लबका उपाध्यक्ष पवनसिंह कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रम सञ्चालन श्रीराम गन्धर्वले गरेका थिए ।