सानिमाद्वारा पुनर्ताजगी तथा एजेन्सी म्यानेजर सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सानिमाद्वारा पुनर्ताजगी तथा एजेन्सी म्यानेजर सम्मान

    खबरपुञ्ज संवाददाता

    २२ चैत्र २०७८, बुधबार

    दमाैली । सानिमा लाइफ इन्स्योरेन्स दमौली शाखाले पुनर्ताजगी कार्यक्रम तथा एजेन्सी म्यानेजरलाई सम्मान गरेकाे छ । इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुलाई पुनर्ताजगी गराउने उद्देश्यले कार्यक्रम गरिएको हो ।

    सानिमा लाइफ इन्स्योरेन्स दमौली शाखाका प्रमुख विनय राउतको संयोजकत्वमा भएको कार्यक्रममा केन्द्रीय मार्केटिङ मेनेजर गणेश चौलागाईले इन्स्योरेन्सको बारेमा प्रकाश पार्दै सेल्स बिज बारे जानकारी गराएका थिए ।

    कार्यक्रममा इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख शैलेन्द्र झाले यस लाइफ इन्स्योरेन्सले लामो समयपछि पनि सहयोग पुर्याउने बताए । डुम्रे शाखाका प्रमुख अमित कैनीले स्वागत गरेको कार्यक्रमको सञ्चालन दमौली शाखाका मेनेजर विनय राउतले गरेका थिए । उक्त कार्यक्रममा एजेन्सी म्यानेजरलाई सम्मान गरिएकाे थियाे ।