दमाैली । नेकपा माओवादी केन्द्रले व्यास नगरपालिकाका ६ वटा वडामा अध्यक्षका उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले वडाध्यक्ष सहित सदस्यहरु सर्वसम्मत छनौट गरेको हो ।
माओवादी केन्द्र व्यास नगर कमिटीका अध्यक्ष रामचन्द्र सापकोटाका अनुसार व्यास–१ को वडाध्यक्षमा केहरसिं आले (बादल), व्यास–३ को अध्यक्षमा झलक आले, व्यास–५ को अध्यक्षमा इश्वर बस्याल, व्यास–९ को अध्यक्षमा पुरुषोत्तम पौडेल, व्यास–१३ को अध्यक्षमा कृष्ण रम्तेल र व्यास–१४ को अध्यक्षमा हर्कबहादुर थापा छनौट भएका छन् ।