माओवादीले म्याग्देका सात वटै वडामा उम्मेदवार छान्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    माओवादीले म्याग्देका सात वटै वडामा उम्मेदवार छान्यो

    खबरपुञ्ज संवाददाता

    २४ चैत्र २०७८, शुक्रबार

    दमौली । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले म्याग्दे गाउँपालिकामा उम्मेदवार छनौट गरेको छ। म्याग्देका सात वटै वडामा अध्यक्षका उम्मेदवार सिफारिस गरिएको छ।

    थर्पुमा बसेको विस्तारित बैठकले सात वटै वडामा उम्मेदवारी दिनका लागि सर्वसम्मत उम्मेदवारी छनौट गरेको हो ।

    वडा नम्बर १ को अध्यक्षमा टेकबहादुर रसाइली, २ को अध्यक्षमा तिलकबहादुर थापा, ३ को अध्यक्षमा शोभाकर दाहाल, ४ को अध्यक्षमा राजु राना, ५ को अध्यक्षमा विशाल विक, ६ को अध्यक्षमा प्रकाश भण्डारी, ७ को अध्यक्षमा बालकृष्ण श्रेष्ठ सिफारिस भएका छन् ।