दमाैली । व्यास नगरपालिकाले स्थापना दिवसको अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको गत चैत २२ गते बसेको कार्यपालिका बैठकले ३० औं वार्षिक स्थापना दिवसको अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । उक्त दिन नगरपालिकाको मूल कार्यालय, वडा कार्यालय बन्द हुने उपनिर्देशक कुमारकञ्चन जिसीले जानकारी दिए। बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने कार्यक्रम जारी रहेकाले खोप अभियान पनि निरन्तर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।