दमाैली । तनहुँको व्यास नगरपालिका–४ स्थित मुस्लिम समुदायको कब्रस्थान व्यवस्थापनका लागि काम सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा विनियोजित दश लाख बजेटबाट कब्रस्थान व्यवस्थित बनाउन लागिएको हो ।
पहिलाकै ठाउँमा रहेको कब्रस्थान व्यवस्थित गर्न बिहीबारदेखि काम सुरु भएको दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मनसुर अहमदले जानकारी दिए । उनका अनुसार भिरालो रहेको ठाउँलाई सम्याएर व्यवस्थित गरिनेछ ।