वडाध्यक्ष थापाद्वारा मोटरसाइकल फिर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    वडाध्यक्ष थापाद्वारा मोटरसाइकल फिर्ता

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०७९, आईतवार

    भिमाद । भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमानबहादुर थापाले आफूले प्रयोग गर्दै आईरहेको सरकारी मोटरसाइकल फिर्ता गरेका छन् । उनले चढ्ने ग १ ब १०६९ नम्बरको माेटरसाइकल प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाललाई फिर्ता गरे ।

    वडाध्यक्ष थापा नेकपा एमालेको तर्फबाट भिमादमा मेयरका आकांक्षी हुन् । निर्वाचनको बेला सरकारी सवारी चढ्न उपयुक्त नहुने भएकाले फिर्ता गरेको उनले बताए । ‘वडाको कामकाजका लागि पनि अब सरकारी मोटरसाईकल प्रयोग गर्ने निर्णय गरेर फिर्ता गरेको छु’, उनले भने । भिमादमा सरकारी सवारी फिर्ता गर्ने उनी पहिलो जनप्रतिनिधि हुन् ।