एकीकृत समाजवादीलाई पोखरा दिने सहमति, माओवादीले भरतपुर पाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एकीकृत समाजवादीलाई पोखरा दिने सहमति, माओवादीले भरतपुर पाउने

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०७९, मंगलवार

    काठमाडाै । सत्तारुढ पाँच दलीय गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डाको विषयमा सहमति जुटेको छ । 

    नेपाली कांग्रेसले पोखरा महानगरको दाबीबाट पछि हटेसँगै सत्ता गठबन्धनमा सहमति जुटेको हो ।

    पोखरामा सहमति जुटेसँगै ६ वटै महानगरको सिट बाँडफाँट टुङ्गो लागेको छ ।

    सत्ता गठबन्धनको पछिल्लो सहमतिअनुसार ६ वटा महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको नेतृत्व पाउने छ । त्यस्तै, माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगञ्ज र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको नेतृत्व गर्न पाउने छन् ।