दमाैली । राप्रपाले तनहुँको भिमाद नगरपालिकामा मेयर, उपमेयर सहित केही वडाध्यक्षको उम्मेदवार टुङ्ग्याएको छ । राप्रपाले भिमादको मेयरमा विष्णुभक्त खनाल र उपमेयरमा बसन्ती अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
साथै ६ वटा वडामा वडाध्यक्षको उम्मेदवार टुङ्गो लागेको राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले जानकारी दिए । उनका अनुसार वडा नम्बर १ मा निर्मला दमै, वडा नम्बर ३ मा नारायण मल्ल, ५ मा राजेन्द्र गैह्रे, ६ मा मोहम्मद अली मियाँ, ७ मा धनन्जय भण्डारी र ८ मा प्रमोद मल्ललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।