पल प्रकरण- पीडित नाबालिगले नवलपुरमा पनि बयान फेरिन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पल प्रकरण- पीडित नाबालिगले नवलपुरमा पनि बयान फेरिन्

    खबरपुञ्ज संवाददाता

    ६ बैशाख २०७९, बुधबार

    नवलपुर । नायक पल शाहविरुद्ध बलात्कारको आरोप लगाएकी नाबालिगले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् ।

    बुधवार भएको बकपत्रमा पीडित भनिएकी नाबालिगले जाहेरीको ब्यहोरा झुट्टो भएको बयान दिएकी छन् ।

    यसअघि तनहुँ जिल्ला अदालतमा पनि ती नाबालिगले बयान फेरेकी थिइन् । जाहेरी दिएका उनका बुबाले पनि बयान फेरेका थिए । यसअघि अनुसन्धान अधिकारीसँगको बयानमा पीडित र जाहेरवाला दुवैले पलविरुद्ध बलात्कारको आरोप लगाएका थिए ।

    पीडितले पलविरुद्ध तनहुँ र पूर्वी नवलपरासीमा जबरजस्ती करणीको जाहेरी दर्ता गरेकी थिइन् । मुद्दा पुर्पक्षका लागि कारागार पठाउने अदालतको आदेशपछि पल हाल जेलमा रहेका छन् ।