व्यासले पहिलो, दोस्रो र बुस्टर खोपको मात्रा लगाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासले पहिलो, दोस्रो र बुस्टर खोपको मात्रा लगाउने

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०७९, बिहीबार

    दमौली । व्यास नगरपालिकाले कोभिड-१९ विरुद्धको खोप अभियान पुन: सञ्चालन गर्ने भएको छ। हालसम्म पहिलो, दोस्रो खोप नलगाएकालाई नगरपालिकाले पुन: खोप लगाउन लागेको हो ।

    यस्तै पूरा मात्रा लगाएको तीन महिना पूरा भएकालाई बुस्टर मात्रा खोप लगाइने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । १४ वटै वडाका २४ खोप केन्द्र मार्फत् वैशाख ११ र १२ गते खोप अभियान सञ्चालन गरिनेछ ।

    ‘नगर क्षेत्रभित्रका लगभग सबैले खोप लगाइसक्नुभएको छ, छुटपुट कोही बॉकी भए सबैलाई लगाउन अनुरोध गरेका छौ,’ सोतीले भने ।