आर्थिक अभावमा अस्पतालमा छटपटाउँदै भुजेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    आर्थिक अभावमा अस्पतालमा छटपटाउँदै भुजेल

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०७९, बिहीबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–चापाटार निवासी ४२ वर्षीय मदन भुजेल कमलपित्त (जण्डिस) बाट ग्रसित भई अस्पतालमा छटपटाइरहेका छन् । आर्थिक अभावमा उपचारमा कठिनाई भएपछि भुजेल अस्पतालको शय्यामा छटपटाइरहेका हुन् ।

    उनको पेट अस्वभाविक रुपमा फुलेको छ । भारतमा मजदुरी गर्दै आएका उनलाई सो रोग लागेपछि भारतीय साहुले कामबाट निकालेर घर पठाएका थिए । दैनिक छाक टार्न समेत मजदुरी गर्नुपर्ने बाध्यता रहेको भुजेललाई उपचारमा कठिनाइ भएको छ ।

    भुजेलका श्रीमती, दुई छोरा र एक छोरी छन् । उपचारबाट निको हुने रोग भएतापनि पैसा नहुँदा समस्या परिरहेको भुजेलले बताए । घरको आर्थिक अवस्था नाजुक रहेकाले भुजेल परिवारले सबैसँग सहयोगको अपिल गरेको छ ।

    उनको उपचारमा सहयोग गर्न चाहनेले निजका पिता रामबहादुर भुजेलको कैलाश विकास बैंकमा रहेको खाता नम्बर ००४९०००५७६०६ मा रकम जम्मा गर्न सक्नेछन् ।