कम्युनिष्टकाे विकल्प कम्युनिष्ट नै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    कम्युनिष्टकाे विकल्प कम्युनिष्ट नै

    आरके पाेख्रेल

    ७ बैशाख २०७९, बिहीबार

    फगत स्वार्थ र अवसरबादमा गाँसिएर स्वार्थ पुर्तिका लागि यो देशमा कम्युनिस्टलाई प्रयोग गरेर कम्युनिस्टको विकल्प खोजिरहेका छन् तर कम्युनिस्टको विकल्प कम्युनिस्ट नै हो अरु हुनै सक्दैन । हुनु हुँदैन क्षणिक सत्ता स्वार्थमा भुलेर मजदुरवर्ग, सर्वहारा,श्रमजिविवर्गलाई दाउमा राखेर सिमित व्यक्तिका कथित स्वार्थ पुर्तिका लागि नेपालि जनता लाग्ने छैनन् भन्ने सन्देश बैशाख -३० गतेको स्थानीय निर्वाचनमा दिनुपर्ने नै छ । कम्युनिस्ट आन्दोलन हिजो पनि जरुरी थियो र आज पनि जरुरी छ। हिजो आज र भोलि कम्युनिस्ट आन्दोलन जोगाउनुपर्ने छ । हिजोको आन्दोलनको लक्ष्य उदेश्य र आजको आन्दोलनको लक्ष्य उदेश्य आन्दोलनका तौर तरिकाहरु भने बिल्कुलै फरक नै छ । हिजो कम्युनिस्ट देख्ने बित्तिकै लखेट्नुपर्छ भन्ने हरु,कम्युनिस्टहरु सकिय र सकिनुपर्छ भन्नेहरु नै आज कम्युनिस्टको बैशाखि बिना चुनाव लड्ने हैसियतमा छैनन् ! मैले कम्युनिस्ट भन्नाले हसिया हतौडाको झण्डा बोक्नेहरुलाई संकेत गर्न खोजेको हुं । कम्युनिस्टहरु बिभाजित त छन तर पनि यो मुलुकमा कम्युनिस्ट बिना चुनाव लड्न कम्युनिस्टको साथ र सहयोग बिना चुनाव लड्न नसक्ने अवस्थाले के संकेत गर्दछ भने कम्युनिस्ट बिना मुकल बन्न सक्दैन बनाउन सकिँदैन भन्ने सारा जगतलाई थाहा नै भयो। कम्युनिस्ट हरु बिभाजनहुनु दुर्भाग्य हो कम्युनिस्टहरुकै काधमा बन्दुक राखेर अर्को कम्युनिस्टलाई सिध्याउन लागेको सत्य र तथ्य जान्दा जान्दैपनी साना-तिना बिसयले,अनावश्यक महत्वाकांक्षी भएका कारण हामी टुक्राटुक्रामा बिभाजित छौ र त हामिलाई प्रयोग गरेर हाम्रै विरुद्ध हसिया हतौडाको विरुद्ध धावा बोल्न प्रोत्साहित गरिरहेका छौ।

    कम्युनिस्टहरु सिद्धान्त नजिक,झण्डा साझा, “संसारका मजदुरहरु एकजुट होऔं ” भन्ने नारा र स्लोगान गाउने तर हामी नमिल्ने प्रवृत्तिका कारण एउटा कम्युनिस्टको विरुद्ध अर्को कम्युनिस्ट बोकेर हानिरहेको सम्म पत्ता नपाउने पत्ता/ थाहा पाए पनि मलाई होइन फलानोलाई हो भन्दै मजा मान्ने प्रवृत्ति छ हामिमा तर यस्तो चरीत्र कम्युनिस्ट चरीत्र होइन । बिचार मिल्ने,सिद्धान्त मिल्ने, विश्व कम्युनिस्ट आन्दोलनको मार्ग र दर्शन मिल्ने तर यहाँ हामी नमिल्ने ?? हामी एक को विरुद्ध अर्को प्रयोग भईदिने र एकले अर्कालाई दुस्मन देख्ने प्रवृत्तिले गर्दा कम्युनिस्ट झण्डा साझा बोकेर पनि शत्रुतापुर्ण व्यबहारमा छौ । कम्युनिस्टहरु कर्तव्य निस्ठहुनुपर्छ तर हामी हाम्रो कर्तव्य भुलिरहेका छौ । बाटो एउटै हो भन्ने कुरा कम्युनिस्टहरुले भुलिरहेका छौ । अवसरका निम्ति दौडने कम्युनिस्ट आन्दोलनको नेता हुन्छ कि हुदैन ? कम्युनिस्ट हरु जनताका लागि श्रमजिवि मजदुरका निम्ती लाग्ने कि आफ्ना आफन्तका लागि लाग्ने ? विश्वका मजदुरहरु एक बनाउन लाग्ने कि पुजीवादी शक्ति संग मिलेर तिनै मजदुरहरु सकाउन लाग्ने ? कम्युनिस्टको झण्डा बोक्ने तर सर्वहाराको नेता/नेतृत्व नगर्ने हो भने हामी कम्युनिस्ट भन्नुको अर्थ छ ? नेपालका कम्युनिस्ट हौ भन्नेहरूले सोच्ने बेला आयो कि ? हामी अरुलाई औंला देखाउदै गर्दा आफुलाई हेर्न बिर्सीरहेका छौ ? यो देश बनाउने हामिले नै हो विशेषत यो देशका राजनीति दलले नै हो यो देशका राजनीति दलहरु पनि चरम अवसरबादी बनिसके हामी युवा पुस्ताहरु नेतालाई नेतृत्वकर्ताको रुपमा हेर्न छाडेर मालिकको रुपमा हेर्न र बुझाउन थालेका छौ । नेताले नेतृत्व गर्न छाडेर समूह बनाउन थाले अनि हामी नेतालाई मालिक बनाउने आफू दास बन्न्को लागि होडबाजी गर्न पुगेका छौ । नेतालाई नेतृत्व गर्न दिउ र समग्र नेता बनाउन लागौ मालिक बनाएर आफू दास नबनौं ? यो देश बनाउने हामिले नै हो भन्ने कुरा नभुलौं ? नेपालका राजनीति दलहरु पनि आफ्नो मर्यादा ख्याल गरौ ?देशको प्रधानमन्त्रीले नेपालको प्रतिनिधित्व गरोस् कुनै उपनिवेश रास्ट्रको हैसियत जस्तो बन्दा पनि सत्ता जोगाउने नामना मख्ख नबनौ प्रधानमन्त्री ज्युको भर्खरै सम्पन्न भएको भारत भ्रमण आग्रह- पुर्वाग्रह बिना समिक्षा गरौ ? देश बचाउने हामिले नै हो ? आफ्नै आंगनमा छिमेकीलाई बोलाएर आफ्ना घरका विरुद्ध विष बमन गर्दा भोलि देशको भलो होला,रास्ट्र रास्ट्रियता जोगियला ? अनि नयाँ पुस्ताले हाम्रो गौरवगाथा गाउन सक्लान त ? कलाकार बद्री पंगेनिहरु भन्दैछन त छन – जोगाउन नसकेमा अहिले हाम्रो सुस्ता,भारत मै जन्मने छन् अब आउने पुस्ता …..। सत्य आखिर यहि हो नि हामिले हाम्रो भुगोल जोगाउदै छौ कि ? बेच्न खोजिदैछ ? हाल देखीएको प्रवृत्ति देश जोगाउने प्रवृत्ति हो वा बेच्ने ? त्यसैले त रास्ट्रकवि घिमिरे चिन्तित थिए … नेपाली हामी रहौला कहाँ नेपालै नरहे ..? उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ? आसन्न चुनावमा सोच्ने बेला आएको छ ? नेपाली जनताले बुझ्ने बेला आएको छ ? देश जोगाउने वा बेच्ने ? घेराबन्दीका बिचमा पनि चुनावमा हामी होमिदैछौ । कम्युनिस्टलाई कम्युनिस्टले नै सिद्धयाउन कसम खाईरहेको बेलामा छौ । देश जोगाउने समयमा छौँ आन्दोलन जोगाउन लाग्नुपर्ने बेलामा छौ । रास्ट्र,रास्ट्रियता जनता जनजिविकाको रक्षाको लागि पनि टिकट पाए जित्ने नपाए जिताउने अभियानमा लागौं यसैमा मुलुकको भलो छ । म होइन हामी सबै मिलेर देश जोगाउने अभियानमा लागौं । कम्युनिस्टको विकल्प कम्युनिस्ट नै हो अरु हुनै सक्दैन भनेर जनतालाई बुझाउन लागौं ? स्वार्थी नेताहरुको पछाडी लाग्दा कम्युनिस्ट आन्दोलन पतनको दिशा तर्फ जादैछ सोचौं ? कम्युनिस्ट भन्ने तर कम्युनिस्टलाई सक्न अरुको बैशाखी बन्नेहरुको पछी कुदेर आफू आफ्नो र समग्र मुलुकलाई बर्बादी बिश्व कम्युनिस्ट आन्दोलनलाई बर्बाद बनाउन नलागौं आउ सबै जनता मिलेर हिजोको बिरासत फर्काउन लागौं ? मदन र मनमोहनलाई सम्झीएर देश जोगाउन लागौं यसैमा छ समृद्धि र मुलुकको भलो ? जनता भेडा होइनन् ? भोटका निम्ति खरिद गरिने जनता हुनै सक्दैनन् स्वार्थका पछि लागेर देश बर्बाद बनाउन लाग्नेको पछि नलागौं । देश बनाउने जिम्मेवारी हाम्रो कांधमा छ ।

    लेखक नेकपा एमाले तनहुँ जिल्ला कमिटी सदस्य एवं अनेरास्ववियु गण्डकी प्रदेश सचिव हुन्