काठमाडाै । नेपाली काङ्ग्रेसले केन्द्रीय सदस्य प्रदीप पाैडेललाई स्थानीय तह निर्वाचनका लागि अनुगमन, मूल्याकङ्न तथा सुपरीवेक्षण उपसमितिको संयोजककाे जिम्मा दिएकाे छ ।
पार्टीका उपसभापति पूर्णबहादुर खड्काकाे संयाेजकत्वमा रहेकाे स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पाैडेललाई अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिकाे जिम्मा दिएकाे हाे ।
काङ्ग्रेसले सबै केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएर निर्वाचनमा खटाएकाे छ । यसअघि तनहुँका शंकर भण्डारी, ध्रुव वाग्ले, गाेविन्द भट्टराईले पनि विभिन्न उपसमितिमा जिम्मा पाएका छन् ।