दुलेगौडा । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिका सचिव दिपेन्द्र पौडेलले राजिनामा दिएका छन् । वडाध्यक्षको टिकट नपाएपछि नगर सचिव पौडेलले कांग्रेस छाडेका हुन् ।
पौडेल शुक्लागण्डकी नगरपालिका-३ को वडाध्यक्षको आकांक्षी थिए । नेतृत्वले टिकट वितरणमा मनपरी गरी आकांक्षीको राय नबुझेको पौडेलले बताए ।
पौडेलले स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवारी दिने तयारी गरेका छन् ।