भानु । भानु नगरपालिका-३ का ५२ कांग्रेस कार्यकर्ताले सामूहिक राजिनामा दिएका छन् । उनीहरुले भानुका सभापतिसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।
राजिनामा दिनेमा नगर सदस्य, क्षेत्रीय प्रतिनिधि, वडा सदस्य, क्रियाशील सदस्य लगायत छन्।
सामूहिक राजिनामा दिएकाहरु राप्रपा प्रवेश गरेका छन् । उनीहरुलाई राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले पार्टी प्रवेश गराएका छन् । जिल्लामा राप्रपाप्रति आकर्षण बढेको घर्तीले बताए ।