भानुमा एक वडा : एक सीप केन्द्र : उपमेयर उम्मेदवार पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुमा एक वडा : एक सीप केन्द्र : उपमेयर उम्मेदवार पौडेल

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०७९, बुधबार

    भानु । भानु नगरपालिकाका उपमेयर उम्मेदवार श्रीराम पौडेलले हरेक वडामा सीप केन्द्र सञ्चालन गरिने बताएका छन् । नगरवासीलाई आत्मनिर्भर बनाउन एक वडा : एक सीप केन्द्र सञ्चालन गर्ने योजना रहेको बताए ।

    खबरपुञ्जसँग कुरा गर्दै पौडेलले भने, ‘सीप सिकेर आत्मनिर्भर बन्न चाहनेका लागि एक वडा एक सीप केन्द्र कार्यक्रम लागू गरी हरेक वडामा कम्तिमा एक सीप केन्द्र सञ्चालन गरी निशुल्क तालिमको व्यवस्था गरिनेछ ।’

    आत्मननिर्भर भानु, स्वावलम्वी भानुवासी को नारालाइ सार्थक बनाउन नगरले एक घर एक उद्यम कार्यक्रम सञ्चालन गरी नागरिकको प्रतिव्यक्ति आय बढाउने नीति लागू गर्ने पौडेलको भनाई छ ।

    उपमेयरमा उम्मेदवारी दर्तापछि दर्तापछि पौडेल यतिबेला चुनावी अभियानमा सहभागी छन् । भानु नगरपालिकालाई समृद्ध बनाउँदै नगरवासीलाई सुखी बनाउने योजना सहित आफू चुनावी मैदानमा होमिएको उनले बताए । ‘चुनाव जित्नेमा ढुक्क छु,’ उनले भने ।