चुनावी सम्पर्क कार्यालय स्थापना गर्दै एमाले–जोशी समूह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    चुनावी सम्पर्क कार्यालय स्थापना गर्दै एमाले–जोशी समूह

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०७९, बिहीबार

    दमौली । वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई केन्द्रित गदै व्यासमा नेकपा एमाले र जोशी समूहले संयुक्त सम्पर्क कार्यालयको स्थापना गरेका छन् । बिहीबार व्यास-४ स्थित जलदेवी टोल र व्यास १ हाईस्कुलटारमा सम्पर्क कार्यालयको स्थापना गरिएको हो ।

    व्यास ४ को सम्र्पक कार्यालयको उद्घाटन नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले गरे । उनले नगरपालिकामा नेतृत्व परिर्वतनको आवश्यकता रहेको बताउदै हालको नेतृत्वले भ्रष्टाचार, अनियमितता र कुशासनलाई प्राथमिकता दिएकाे बताए ।

    नेकपा एमालेका केन्द्रीय सल्लाहाकार एकबहादुर रानाले अनियमितता र बेथितीको अन्त्यका लागि पनि एमाले–जोशी समूहकाे प्यानललाई विजयी गराउनुपर्ने बताए ।

    एमाले तनहुँका उपसचिव एवंम् नगर ईञ्चार्ज प्रदिपराज अधिकारीले असक्षम नेतृत्वले नगरपालिकाको विकास हुन नसकेको जिकिर गरे ।

    व्यास नगरपालिकाका मेयरका उम्मेदवार दिपकराज जोशीले खराब नेतृत्वले गर्दा नगरपालिकाको बेजुरी बढ्दो रहेको बताए । धेरै भाषाण भन्दा काम गरेर देखाउने महिला रहेको उपमेयरको उम्मेदवार बसुन्धरा घर्तीले बताइन् ।

    व्यास ४ को वडाअध्यक्षमा एमालेबाट मनबहादुर गुरुङ उम्मेदवार रहेका छन । त्यस्तै सदस्यमा मन्जु अधिकारी, सुनिता बसेल,सरोज बस्नेत र जोशी समूहबाट हरिशरण पण्डित उमेदवार रहेका छन ।

    बिहीबार नै व्यास- १ हाईस्कुलटारको सम्पर्क कार्यालयको उद्घाटन एमाले प्रदेश सदस्य अमर भण्डारीले गरेका थिए । व्यास १ बाट नेकपा एमाले र स्वतन्त्र उम्मेदवार अध्यक्ष चुडामणि दाहाल, सदस्यमा लिला दरै, विमला नेपाली,दुर्गा बहादुर लौडारी, सरु कुमाल उम्मेदवार रहेका छन् ।