दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ सत्रसयस्थित मनोज छिदालले मातातीर्थ औंसीको अवसरमा आमालाई जीवन बीमा पोलिसी उपहार दिएका छन्।
उच्चशिक्षाको लागि अष्ट्रेलिया रहेका छिदालले मातातीर्थ औंसीको अवसरमा आमा देवीमाया परियारलाई १० लाखको रिलायबल वार्षिक समुन्नति जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।
रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स आँबुखैरेनी शाखा प्रमुख सुनिल श्रेष्ठ,एजेन्सी मेनेजर उषा थापा, अभिकर्ता लाल बहादुर राना,कर्मचारी संगीत गुरुङ लगायतको उपस्थितिमा छिदालकै घरमा गई उनको आमालाई बीमा पोलिसी हस्तान्तरण गरिएको छ ।