भिमादमा एमालेको घरदैलो सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भिमादमा एमालेको घरदैलो सुरु

    खबरपुञ्ज संवाददाता

    १६ बैशाख २०७९, शनिबार

    भिमाद । तनहुँको भिमाद नगरपालिकामा नेकपा एमालेको घरदैलो अभियान सुरु भएको छ । नगर प्रमुखका उम्मेदवार दधिराज सुवेदी, उपप्रमुखका उम्मेदवार शारदा खनाल सहितको टोलीले घरदैलो अभियान सुरु गरेको हो ।

    अभियान अन्तरगत शनिबार भिमाद नगरपालिका-९ स्थित विभिन्न टोलमा घरदैलो गरिएको छ। वडाको अस्पाङ्दी, कटनछाप, सखेप, पाथर्दी, मोहोरिया, जौबारी लगायतका ठाउँमा घरदैलो गरिएको छ ।

    कार्यक्रममा नगरप्रमुखका उम्मेदवार सुवेदी, उपप्रमुखका उम्मेदवार खनाल, निवर्तमान नगर प्रमुख मेखबहादुर थापा, नगर कमिटीका अध्यक्ष इमान थापा लगायतले भिमादमा एमालेको विरासत कायमै राख्न सबै कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए ।