देवघाटमा काङ्ग्रेसले खाता खाेल्याे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटमा काङ्ग्रेसले खाता खाेल्याे

    खबरपुञ्ज संवाददाता

    १६ बैशाख २०७९, शनिबार

    दमौली । देवघाट गाउँपालिकास्थित एक वडामा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित भएकी हुन् ।

    उक्त वडाको दलित महिला सदस्यमा मनमाया विकको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिए । उनले नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराएकी थिइन् । एकल उम्मेदवारी परेकाले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न बाँकी रहेको थापाले बताए ।