भानु । भानु नगरपालिका–१२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका समशेर लम्सालले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एमाले भानु–१२ का अध्यक्ष लम्सालले स्थानीय तह निर्वाचनका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएकामा सोमबार उम्मेदवारी फिर्ता लिएका हुन् ।
वडालाई समृद्ध बनाउने चाहनाका कारण वडाध्यक्षमा उम्मेदवारी दिएकामा आफूले उम्मेदवारी फिर्ता लिएको लम्सालले प्रेस विज्ञप्तीमार्फत् जानकारी गराएका छन् । “वडालाई समृद्ध बनाउने तीव्र चाहना रहेका जनताको भावना अनुसार मैले स्वतन्त्र उम्मेदवारको रुपमा आफूलाई प्रस्तुत गरेको थिएँ, म माथि जतिसुकै अन्याय भएतापनि मलाई म आबद्ध पार्टी एमालेको प्रगाढ माया छ,” उनले भने ।