नमूना मतदानमै मत बदर (तस्वीर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नमूना मतदानमै मत बदर (तस्वीर सहित)

    खबरपुञ्ज संवाददाता

    १९ बैशाख २०७९, मंगलवार

    दमौली । नेपाल पत्रकार महासंघ तनहुँ र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दमौलीमा गरिएको नमूना मतदानमै मत बदर भएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मंगलबार आयोजना गरिएको नमूना मतदानमा नगरप्रमुख, उपप्रमुख, खुल्ला र दलित सदस्यमा मत बदर भएको छ ।

    नगरप्रमुखमा तीन, उपप्रमुखमा एक, खुल्ला सदस्यमा चार र दलित महिला सदस्यमा तीन मत बदर भएको मतदान अधिकृतको भूमिकामा रहेका पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिए । नगर क्षेत्रमै मत बदर हुनु दुखद रहेको भन्दै उनले मतदाता शिक्षालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

    नमूना मतदानमा ६१ जनाले मतदान गरेका थिए ।

    निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले मतदाता शिक्षा प्रभावकारी बनाउन राजनीतिक दल र उम्मेदवार पनि लाग्नुपर्ने बताए ।

    प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले नमूना मतदानले मतदाता शिक्षा प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।