


दमौली । व्यास नगरपालिका-३ का वडाध्यक्षका उम्मेदवार मंगलप्रसाद श्रेष्ठले निर्वाचित भए तलबभत्ता नलिने घोषणा गरेका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट वडाध्यक्षका उम्मेदवार श्रेष्ठले तलबभत्ता र अन्य सुविधा नलिई सामाजिक क्षेत्रमा लगानी गर्ने बताए ।

श्रेष्ठ चुनावी अभियानका क्रममा घरदैलोमा व्यस्त छन् । तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठले ३० बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् ।
