बोटेहरुको कला, संस्कृति, शिक्षा र रोजगारीको समस्या समाधान गर्ने प्रतिबद्धता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    बोटेहरुको कला, संस्कृति, शिक्षा र रोजगारीको समस्या समाधान गर्ने प्रतिबद्धता

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०७९, शुक्रबार

    दमाैली । व्यास नगरपालिकाका नेकपा एमाले र जोशी समुहका उम्मेदवारहरुले तनहुँका
    आदिवासी बोटे समुदायको कला, संस्कृती, शिक्षा र रोजगकारीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार व्यास नपा १० स्थित बोटे गाउँमा मतदातालाई सम्बोधन गर्दै मेयरका उम्मेदबार दिपकराज जोशीले बोटे समुदाय जिल्लाकै सबैभन्दा पुरानो आदिवासी समुदाय रहेको हुँदा उनीहरुको कला र संस्कृतीको संरक्षण र प्रबद्र्धन गर्न नगरपालिका लागि पर्ने बताए ।

    उनले आफू निर्वाचित भएपछि बोटे संस्कृतिको संरक्षणको लागि मातृ भाषामा अध्ययनको व्यवस्था मिलाउने, उच्च शिक्षा लिएका बोटे समुदायका युवा युवतीलाई सरकारी रोगजारीमा पहुँचको व्यवस्था मिलाउन तालिम तथा सीपकाे विकास गर्ने, बेरोजगार युवा युवतीलाई दक्षता अनुसार रोजगारीको पहल गर्ने र कृषि तथा पशुपालनमा आवद्ध हुन चहानेलाई त्यही अनुसारको अनुदान,
    सहुलियत, प्रविधि र प्राविधिकको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।

    उपमेयरकी उम्मेदबार बसुन्धरा घर्तीले आफू लामो समयदेखि आदिवासी जनजाती आन्दोलनमा सक्रिय भएर लागेको र बोटे समुदायको अवस्थाको बारेमा राम्रोसँग परिचित भएको भन्दै उनीहरुका समस्या समाधानको लागि गम्भिर भएर लाग्ने प्रतिबद्धता जनाइन्।

    वडा अध्यक्षका उम्मेदबार मदन तिमिल्सेनाले बोटेहरुको समस्या समाधानकोलागि वडा कार्यालयले विशेष कार्यक्रम सञ्चालन गर्ने बताए ।