दमौली । नेपाली कांग्रेसले व्यास नगरपालिका-५ स्थित मानहुँ प्राथमिक विद्यालयको प्राङ्गणमा कार्यक्रम गरेको छ । विद्यालयमा राजनीतिक दलका कार्यक्रम गर्न नपाइने भएपनि कांग्रेसले विद्यालयकै प्राङ्गणमा कार्यक्रम गरेको हो ।
कांग्रेसका तर्फबाट व्यासका मेयर उम्मेदवार वैकुण्ठ न्यौपाने, उपमेयर उम्मेदवार इन्दिरा दरै, वडाध्यक्षका उम्मेदवार यज्ञ खनाल लगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो ।