जनताको इच्छा नै मेरो इच्छा हुनेछ : उपमेयर उम्मेदवार पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    जनताको इच्छा नै मेरो इच्छा हुनेछ : उपमेयर उम्मेदवार पौडेल

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०७९, शनिबार

    भानु । भानु नगरपालिकाका उपमेयर उम्मेदवार श्रीराम पौडेलले जनताका इच्छा र आकांक्षा नै आफ्नो इच्छा हुने बताएका छन् । तनहुँको भानु नगरपालिका वडा नम्बर ११ घलेगाउँमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले जनताको इच्छा र आकांक्षा पूरा गराउने आफ्नो मुख्य योजना रहेको बताए ।

    जनताको सुझावलाई मनन गर्दै भानुको विकासमा लाग्ने दृढ संकल्प बोकेर चुनावी मैदानमा होमिएकाले जनताले स्थानीय तह निर्वाचनमा आफूलाई विजयी गराउनेमा ढुक्क रहेको पौडेलले बताए । भानुको विकासमा सबै सँगसँगै अगाडी बढ्नुपर्ने भन्दै पौडेलले भने, समृद्ध भानु ः सुखी भानुवासी बनाउने लक्ष्य लिएर आएको छु ।

    पौडेलले युवाहरुलाई उद्यमी बनाउने, सभ्य नागरिक बनाउने, गाउँमै सीपमूलक तालिम सञ्चालन गर्ने योजना सहित घोषणापत्र बनाएको बताए ।

    पौडेलले शनिबार विभिन्न वडामा चुनावी सभा तथा मतदाता भेटघाट गरेका छन् ।