यी हुन् शुक्लागण्डकीका मेयर उम्मेदवार पण्डितका प्रतिबद्धता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यी हुन् शुक्लागण्डकीका मेयर उम्मेदवार पण्डितका प्रतिबद्धता

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७९, सोमबार

    दुलेगौडा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँको शुक्लागण्डकीका मेयर उम्मेदवार कृष्णराज पण्डितले घरदैलो अभियानलाई तीव्र पारेका छन् ।

    नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट मेयर उम्मेदवार पण्डितले मतदातासँग भेटघाट गर्दै समृद्ध शुक्लागण्डकी बनाउन आफूहरुलाई जिताउन आग्रह गरेका छन् ।

    पण्डितले आफ्ना प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् । नगरभित्रका हरेक घरका धारामा स्वच्छ खानेपानी उपलब्ध गराउने, अपांग बालबालिकाहरुका लागि अध्ययन केन्द्र स्थापना, प्रदेश सरकारद्वारा प्रस्तावित औद्योगिक ग्राम निर्माण, फूलबारी सामुदायिक केन्द्र अस्पताल प्रदेश सरकार मातहत राख्न पहल, बिरामीलाई चाहिने रगत निशुल्क उपलब्ध गराउने, आयआर्जन, स्वरोजगार र स्वदेश तथा विदेशका लागि दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक सीपमूलक कार्यशालाको व्यवस्था गरिने पण्डितले प्रतिबद्धता व्यक्त गरेका छन् ।