मध्यरातमा मेयर उम्मेदवार न्यौपानेको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मध्यरातमा मेयर उम्मेदवार न्यौपानेको उद्धार

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०७९, शुक्रबार

    दमाैली । नेपाली कांग्रेसका तर्फबाट व्यास नगरपालिकाका मेयर उम्मेदवार वैकुण्ठ न्यौपानेलाई मध्यरातमा प्रहरीले उद्धार गरेको छ । मौन अवधिमा बिहीबार व्यास–१२ छिर्कने पुगेका न्यौपानेलाई स्थानीयले घेरेपछि ठूलो सङ्ख्यामा परिचालित सशस्त्र प्रहरी र नेपाल प्रहरीले न्यौपानेलाई उद्धार गरेको हो ।

    राति १२ बजे छिर्कनेबाट उद्धार गरी न्यौपानेलाई दमौली ल्याइएको छ । न्यौपाने मौन अवधिमा मतदाता प्रभावित गर्न छिर्कने पुगेको स्थानीयको आरोप छ । करिब दुई घण्टा छिर्कनेको अवस्था तनावग्रस्त रह्यो ।

    न्याैपानेले भने आफू साथीकाे घरमा आएकाे र पैसा बाँडेकाे आराेप निराधार रहेकाे बताएका छन् । न्याैपानेकाे साथमा व्यासका पूर्व मेयर ताराप्रसाद श्रेष्ठ, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले, व्यास-११ का निवतर्मान वडाध्यक्ष निरबहादुर खड्का लगायत छन् ।