बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा माओवादीको अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा माओवादीको अग्रता

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०७९, शनिबार

    दुलेगौँडा । तनहुँको दुई गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वारले अग्रता कायम गरेका छन् । बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा माओवादीका उम्मेद्वारले अग्रता कायम गरेका हुन् ।

    बन्दीपुर गाउँपालिकामा एक हजार ४०० मत गणना हुदा माओवादीबाट अध्यक्षका उम्मेद्वार पुर्णसिं थापाले ४७३ र उपाध्यक्ष करुणा गुरुङले ४३८ मत पाएकी छन् ।
    नेकपा एमालेका अध्यक्षका उम्मेद्वार सुरेन्द्रबहादुर थापाले ३९६ मत पाएका छन् । यहाँ एमालेले कांग्रेसबाट कारबाहीमा परेका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी समुहसँग तालमेल गरेका छन् । जोशी समुहबाट स्वतन्त्र उपाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएकी केशमाया गुरुङले २१३ मत पाएकी छन् ।

    नेपाली कांग्रेसका अध्यक्षका उम्मेद्वार धुर्वलाल प्रधानले ३९८ र उपाध्यक्षकी उम्मेद्वार पञ्चमाया गुरुङले ४६१ मत पाएकी छन् ।

    यस्तै, आँबुखैरेनी गाउँपालिकामा २०० मत गणना हुदाँ माओवादी केन्द्रबाट अध्यक्षका उम्मेद्वार शुक्र चुमानले १००, उपाध्यक्षकी उम्मेद्वार दुर्गा अर्यालले ७५ मत पाएकी छन् । नेपाली कांग्रेसका अध्यक्षका उम्मेद्वार गिरबहादुर थापाले ४३ र उपाध्यक्षका उम्मेद्वार पवित्रा गौलीले ४४ मत पाएकी छन् ।

    एमालेका अध्यक्षका उम्मेद्वार ऋषी केसीले ३० र उपाध्यक्षकी उम्मेद्वार मिना अधिकारीले ५२ मत पाएकी छन् ।