देवघाटमा एमालेको अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटमा एमालेको अग्रता

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०७९, आईतवार

    देवघाट । तनहुँको देवघाट गाउँपालिकामा एमालेले अग्रता लिएको छ । आइतबार बिहान १० बजेसम्म तीन हजार सात सय मतगणना सकिँदा एमाले अध्यक्ष उम्मेदवार दुर्गबहादुर थापाले अग्रता लिइरहेका छन् ।

    थापाले एक हजार सात सय ९५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि नेकपा एमालेकै सावित्रा न्यौपानेले अग्रता लिएकी छन् । उनले एक हजार सात सय ५२ मत प्राप्त गरेकी छन् ।

    गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार तिलबहादुर थापाले एक हजार छ सय ११ र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिंह गुरुङले एक हजार तीन सय ९८ मत प्राप्त गरेका छन् ।