शुक्लागण्डकी– ४ मा कांग्रेसको प्यानल विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकी– ४ मा कांग्रेसको प्यानल विजयी

    खबरपुञ्ज संवाददाता

    ३१ बैशाख २०७९, आईतवार

    दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका–४ मा नेपाली कांग्रेको प्यानल नै विजयी भएको छ । शुक्लागण्डकी नगरपालिकाको राजधानी मानिने दुलेगौँडामा एमालेको उम्मेद्वारलाई पराजित गर्दै कांग्रेसले आफ्नो विरासत कायम राखेको छ । कांग्रेसका राजकुमार वाग्लेले ७७८ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्दी एमालेका विष्णुबहादुर रानाले ६४८ मत पाए ।

    खुला वडा सदस्यतर्फ मदन श्रेष्ठ ७८२ र महिप ज्वारचनले ७७९ मत प्राप्त गरी विजयी भए । महिला सदस्यमा मिठुमाया थापा मगर ७९९, दलित महिला सदस्य मिना रोका सुनारले ७८७ मत प्राप्त गर्दै विजयी भए । अघिल्लो स्थानीय तहको निर्वाचनमा यो वडामा कांग्रेसले क्लिन स्विप पारेको थियो ।

    एमालेका खुला सदस्यमा पदमबहादुर बानियाँले ५३९ र प्रकाश लामिछानेले ६१३ मत प्राप्त गरेका छन् । एमालेको खुला महिला सदस्य शर्मिला श्रेष्ठले ५८५ र दलित महिला सदस्य मनिषा विकले ५७५ मत पाइन । गएको निर्वाचनमा पनि यस वडा काँग्रेसले एक सय मतान्तरले जितेको थियो ।