भिमाद । तनहुँको भिमाद नगरपालिका–२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । आइतबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार एमालेले प्यानलै जितेको हो ।
वडाध्यक्षमा एमालेका दिनेशकुमार थापाले एक हजार पाँच सय ६१ मत प्राप्त गरी विजयी भएका छन । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका भिमबहादुर थापाले छ सय ५६ मत प्राप्त गरे।
खुल्ला सदस्यमा मेखबहादुर थापाले एक हजार तीन सय ४१, प्रेम रानाले एक हजार तीन सय ९८, दलित महिला सदस्य सुष्मा नेपालीले एक हजार चार सय ७१ र महिला सदस्य स्यानीमाया थापाले एक हजार चार सय ७८ मत प्राप्त गरी विजयी भएका छन् ।