६,७७० मत गन्दा शुक्लागण्डकीमा पण्डितको अग्रता कायमै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    ६,७७० मत गन्दा शुक्लागण्डकीमा पण्डितको अग्रता कायमै

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दुलेगौँडा : जिल्लाको शुक्लागण्डकी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णराज पण्डितले अग्रता कायमै राखेका छन् । हालसम्म छ हजार ७७० मतगणना हुदाँ पण्डितले १३८१ मतले अगाडी छन् । उनले तीन हजार ६८९ मत पाएका छन् । एमालेका मुक्ति तिम्सिनाले दुई हजार ३०८ मत पाएका छन् ।

    उपमेयरमा माओवादी केन्द्रका खुमबहादुर विक (राजु) को अग्रता कायम छ । उनले दुई हजार ८१९ मत पाएका छन् । एमालेकी फुलमाया वाग्लेको दुई हजार ३१६ मत प्राप्त भएको छ । हालसम्म वडा नम्बर १ र ४ को अन्तिम मतपरिणाम आएको छ । दुवै वडामा कांग्रेसको प्यानल नै विजयी भएका छन् । अहिले वडा नम्बर २, ३ र ५ को गणना भईरहेको छ ।
    शुक्लागण्डकीमा नगरपालिकामा ६७.८५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । ३८ हजार ३१५ मतदाता रहेकोमा २५ हजार ९९७ जनाले मात्र मतदान गरे ।