देवघाट–४ मा एमालेको प्यानल विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाट–४ मा एमालेको प्यानल विजयी

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०७९, आईतवार

    देवघाट । देवघाट गाउँपालिका–४ को वडाध्यक्षमा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका मित्रलाल गुरुङ चार सय १२ मत प्राप्त गरी विजयी भएका छन् ।

    प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका पदमबहादुर गुरुङले तीन सय ६७ मत प्राप्त गरे।

    महिला सदस्यमा एमालेका पुनमाया गुरुङले चार सय २२, दलित महिला सदस्यमा सपना सुनारले चार सय १६, खुल्ला सदस्यमा बुद्धिमान भुजेलले तीन सय ९३ र शुकबहादुर थापा मगरले चार सय २४ मत प्राप्त गरेका छन् ।