भिमाद । भिमाद नगरपालिका–५ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा पदमबहादुर थापाले एक हजार एक सय छ मत प्राप्त गरेका छन् ।
प्रतिस्पर्धी नेकपा एमालेका तुलबहादुर लामकामले आठ सय १७ मत प्राप्त गरे ।
खुल्ला सदस्यमा कृष्णप्रसाद गैह्रेले एक हजार एक सय २९, मनबहादर थापाले एक हजार ८४, महिला सदस्यमा कला घर्तीले एक हजार एक सय ६० र दलित महिला सदस्यमा मिनामाया परियारले एक हजार एक सय ७४ मत प्राप्त गरेका छन् ।