भिमाद–६ को वडाध्यक्षमा काङ्ग्रेस, सबै सदस्य एमाले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    भिमाद–६ को वडाध्यक्षमा काङ्ग्रेस, सबै सदस्य एमाले

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०७९, सोमबार

    भिमाद । भिमाद नगरपालिका–६ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका श्यामसुन्दर जोशी विजयी भएका छन् । एक हजार १४ मत प्राप्त गरी वडाध्यक्षमा जोशी विजयी भएका हुन् ।

    जोशी २०७४ सालको निर्वाचनबाट पनि विजयी भएका थिए । त्यतिबेला काङ्ग्रेसले वडाध्यक्ष मात्रै जितेको यो वडामा पुनः सोही नतिजा दोहोरिएको छ । बाँकी सबै सदस्यमा एमालेले जितेको छ ।

    नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार भिमसिं थापाले सात सय ९३ मत प्राप्त गरेका छन् ।

    सदस्यमा पदमकुमार श्रेष्ठ, बेलबहादुर थापा, महिला सदस्यमा इन्दिरा खड्का र दलित महिला सदस्यमा कोपिला नेपाली विजयी भएका छन् ।