पार्टीले दाेहाेर्यायाे, जनताले दाेहाेर्याएनन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पार्टीले दाेहाेर्यायाे, जनताले दाेहाेर्याएनन्

    खबरपुञ्ज संवाददाता

    ३ जेष्ठ २०७९, बुधबार

    दुलेगाैडा । संघियता कार्यन्वयनमा आएपछि पहिला २०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रले जिल्लाको बन्दीपुर गाउँपालिकाको प्रमुख उपप्रमुख जित्दै आफ्नो पकडको स्थानीय तह प्रमाणित गरेको थियो । १० स्थानीय तहमध्ये माओवादीले प्रमुख उपप्रमुख अन्त कतै जितेको थिएन् । माओवादीबाट अध्यक्षमा निर्वाचित पुर्णसिंह थापा र उपाध्यक्ष करुण गुरुङको राम्रै चर्चा रहन्थ्यो जिल्लाभर ।

    यसपाली पनि माओवादीले बन्दीपुरमा यिनै दुईलाई दोहोर्याउने निधो गरेर चुनावी मैदानमा उतार्यो । पार्टीले दोहो¥याएको यि दुवै जना अन्तिम मतपरिणाम प्राप्त हुदाँ पराजित भएका छन् । पार्टीले दोहो¥याएपनि यि दुईको नेतृत्व बन्दीपुरे जनताले चाहेनन् । बन्दीपुरको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका सुरेन्द्र थापाले नेकपा माओवादी केन्द्रका थापालाई ६३ मतान्तरले पराजित गर्दै जित दर्ता गराएका छन् । सुरेन्द्रले तीन हजार २२९ र पुर्णसिंले तीन हजार १६६ मत ल्याए ।

    उपाध्यक्षमा करुणाले झिनो दुई मतान्तरमा पराजय भोग्नुपरेको छ । उपाध्यक्षमा नेपाली कांग्रेसकी पञ्चमाया गुरुङ निर्वाचित भएकी छन् । पञ्चमायाले तीन हजार २७ र करुणाले तीन हजार २५ मत पाए । १५ हजार ६३८ मतदातामध्ये निर्वाचनमा १० हजार २०५ मत खसेको थियो ।

    आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले गिरबहादुर थापालाई दोहो¥याउँदै उम्मेद्वार बनाएको थियो । अघिल्लो पटक अध्यक्ष उपाध्यक्षसँगै अधिकांश वडा जितेको कांग्रेस यसपाली आँबुखैरेनीमा दुई वडामा खुम्चिएको छ ।

    गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन् । अध्यक्षमा चुमानले तीन हजार ९४० मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिष्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरे । उपाध्यक्षमा माओवादीकी अर्याल दुई हजार ८४८ मत प्राप्त गरी विजयी भएकी हुन् । उनको निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसकी पवित्रा गौलीले दुई हजार १८३ मत ल्याइन् ।

    म्याग्दे गाउँपालिका कांग्रेसको पकड मानिन्थ्यो । म्याग्देको अध्यक्षमा नेपाली कांग्रेसकी मायादेवी राना र बालकृष्ण घिमिरेले उपाध्यक्षमा दोहोरिएर उम्मेद्वारी दिएका थिए । नेकपा एमालले अघिल्लो पटक पराजित भएका श्रीप्रसाद श्रेष्ठलाई अध्यक्षमा र रत्नादेवी घिमिरेलाई उपाध्यक्षमा उठाएको थियो । मायादेवीलाई मतदाताले दोहो¥याएनन् । श्रेष्ठले ७१८ मतान्तरले जित दर्ता गराए । उनले चार हजार ९५० मत प्राप्त गर्दा रानाले चार हजार २३२ मत पाईन् ।

    उपाध्यक्षमा भने नेपाली कांग्रेसका बलकृष्ण घिमिरेले पाँच हजार ३९ मत ल्याएर फेरी दोहोरिएका छन् । उनका निटतम प्रतिद्धन्दी एमालेकी रत्नादेवी घिमिरेले चार हजार २०० मत पाईन् । अघिल्लो पटक पनि उपाध्यक्षमा यिनै दुईको भिडन्त भएको थियो । तर दुवै पटक नतिजा बालकृष्णको पोल्टामा परेको छ ।

    देवघाट गाउँपालिकाको अध्यक्षमा दोहोरिनलाई नेकपा एमालेको तर्फबाट उम्मेद्वारी दिएका दुर्गबहादुर थापा पनि पराजित भएका छन् । प्रमुख उपप्रखुममा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई सफलता मिलेको छ । नेपाली कांग्रेसका थापाले चार हजार ३०६ मत पाएर गाउँपालिका अध्यक्षमा विजयी भए । एमालेका थापाले तीन हजार ४८३ मत ल्याए । थापा अघिल्लो निर्वाचनमा विजयी भएर गाउँपालिका अध्यक्ष बनेका थिए । दोस्रो कार्यकालका लागि जनपरिक्षणमा होमिएका उनी सफल हुन सकेनन् ।

    राजनीतिक विश्लेषक प्राध्यापक डा. ईश्वरचन्द्र वाग्ले तनहुँमा मात्र नभएर देशभर नयाँ नेतृत्वको खोजी भएको बताउँछन् । ‘युवा नेतृत्वको खोजी भएको छ । एक पटक टेस्टेड भएकालाई दोहोरिन चाहेपनि जतनाले रुचाएका छैनन्’, उनले भने, ‘जनताले बुझ्न थालको छन् डेट एक्सपाएर नेतृत्व । नयाँ र युवा खोज्न थालेका छन् ।’

    स्थानीय निर्वाचनमा पार्टी भन्दा व्यक्ति पनि हेरिएको उनको विश्लेषण छ । अगाडी थप्दै भने, ‘पार्टीको लगाम छाडेको छन् । दलभन्दा असल व्यक्तिलाई रोजेका छन् ।’ उनले अब राजनीतिक दलले उम्मेद्वार चयन गर्दा जनताको चाहना बुझ्नुपर्ने उनको भनाई छ । दोहोरिएका जनप्रतिनिधि फेरी विजयी भएपनि पहिलाको जस्तो लोकप्रिय मत नपाएको उनको भनाई छ । प्राध्यापक वाग्लेको भनाईलाई पुष्टी गर्दछ ऋषिङ गाउँपालिकाको नतिजाले । ऋषिङमा अध्यक्ष उपाध्यक्ष दुवै दोहोरिएका छन् । नेपाली कांग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठले तीन हजार ३३५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेका हरिराज कँडेलले दुई हजार ७९२ मत ल्याए । स्वतन्त्र उम्मेद्वारी दिएका श्रीराम आलेले तीन हजार ३३ मत पाए ।

    उपाध्यक्षमा गिनुमाया थापा विजयी भएकी छन् । उनले चार हजार ४२९ मत पाएर विजयी भएकी हुन् । उपाध्यक्षका उम्मेद्वार माओवादी केन्द्रका मधुप्रसाद थापाले तीन हजार ४८९ मत पाए । अघिल्लो पटक दोब्बर बढी मतान्तरले विजयी भएका यि दुईले यसपाली लोकप्रिय मत भने पाउन सकेनन् । भिमाद नगरपालिकाको उपमेयरमा शारदा खनाल दोहोरिएकी छन् ।

    व्यास नगरपालिकाको मेयरमा दोहोरिनलाई बैकुण्ठ न्यौपानेले उम्मेद्वारी दिएका छन् । यहाँको वडा नम्बर ८ रिस्तीको २ मतदान केन्द्रको बुधबार पुन ः मतदान गरेपछि मात्र मतणना सुरु हुनेछ । बैकुण्ठलाई जनताले चाहान्छन् चाहदैनन् अबको केही दिनमा फैसला हुनेछ ।