भिमाद नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भिमाद नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र

    खबरपुञ्ज संवाददाता

    ३ जेष्ठ २०७९, बुधबार

    भिमाद । तनहुँको भिमाद नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । नवनिर्वाचित नगरप्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल लगायतलाई आज एक कार्यक्रमका बीच निर्वाचन अधिकृत रामचन्द्र शर्माले प्रमाणपत्र प्रदान गरेका हुन् । दुवै जना नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

    नगरप्रमुखमा सुवेदी आठ हजार एक सय २८ मत प्राप्त गरी विजयी भएका थिए । उपप्रमुखमा खनाल सात हजार छ सय ६७ मत प्राप्त गरी विजयी भएकी थिइन् ।

    कूल २४ हजार आठ सय ८४ मतदाता रहेको नगरपालिकाको निर्वाचनमा १६ हजार एक सय ४९ मत खसेको थियो । भिमाद नगरपालिका–२, ३, ७, ८ र ९ वडा एमालेले जितेको छ भने १, ४, ५, ६ नेपाली काङ्ग्रेसले जितेको छ ।