व्यासको सर्वदलीय बैठक सम्पन्न, रिस्तीको मतपेटिका आएलगत्तै मतगणना सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासको सर्वदलीय बैठक सम्पन्न, रिस्तीको मतपेटिका आएलगत्तै मतगणना सुरु

    खबरपुञ्ज संवाददाता

    ३ जेष्ठ २०७९, बुधबार

    दमाैली । व्यास नगरपालिकाको मतगणना साँझबाट सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार बसेको सर्वदलीय बैठकले व्यास ८ रिस्ती फेदीको मतपेटिका दमौली आएलगत्तै मतगणना सुरु गर्ने सहमति गरेको हो ।

    वैशाख ३० गते भएको मतदानका क्रममा प्रमुखका उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएपछि रद्द भएको मतदान बुधबार भइरहेको छ ।

    चार ठाउँमा मतगणना स्थल बनाइएको र चार वटा वडाको एकैसाथ गणना हुने सहायक निर्वाचन अधिकृत कृष्ण गौतमले जानकारी दिए ।