भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा काङ्ग्रेस विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा काङ्ग्रेस विजयी

    खबरपुञ्ज संवाददाता

    ५ जेष्ठ २०७९, शुक्रबार

    भानु । तनहुँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काङ्ग्रेस विजयी भएको छ । शुक्रबार सम्पन्न मतपरिणाम अनुसार नगरपालिकाको प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे विजयी भएका छन् ।

    त्रिपाठी १२ हजार दुई सय ५२ मत प्राप्त गरी विजयी भएकाे निर्वाचन अधिकृत मिनबहादुर कुंवरले जानकारी दिए । प्रतिस्पर्धी नेकपा एमालेका सीताराम बजगाईँले नौ हजार ४३ मत प्राप्त गरे ।

    उपप्रमुखमा गोतामे दश हजार पाँच सय ४७ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले पाँच हजार आठ सय १७ मत प्राप्त गरेका हन् ।

    ४० हजार नौ सय ६६ मतदाता रहेको भानु नगरपालिकामा २५ हजार पाँच सय ७२ मत खसेको थियो ।

    १३ वडामध्ये नेपाली काङ्ग्रेसले नौ, नेकपा एमालेले दुई र स्वतन्त्रले दुई वडामा विजय हासिल गरेको छ । भानु–१ को वडाध्यक्षमा काङ्ग्रेसका कान्छीमाया तामाङ, वडा नम्बर २ को अध्यक्षमा एमालेका केशव त्रिपाठी, ३ को अध्यक्षमा काङ्ग्रेसका तुलकुमार गुरुङ, ४ को अध्यक्षमा काङ्ग्रेसकै अर्जुनबहादुर बोहोरा, ५ को अध्यक्षमा काङ्ग्रेसका नहकुल अधिकारी, ६ को अध्यक्षमा काङ्ग्रेसका धिरेश खनाल, ७ को अध्यक्षमा काङ्ग्रेसका खुमप्रसाद श्रेष्ठ, ८ को अध्यक्षमा काङ्ग्रेसका इश्वरबहादुर घिमिरे, ९ को अध्यक्षमा एमालेका मिन गुरुङ, १० को अध्यक्षमा काङ्ग्रेसका हरिहर उप्रेती, ११ को अध्यक्षमा स्वतन्त्रका विमलराज जोशी, १२ को अध्यक्षमा काङ्ग्रेसका बेलबहादुर अधिकारी र १३ को अध्यक्षमा स्वतन्त्रका कृष्णबहादुर अधिकारी विजयी भएका हुन् ।